प्रधानमन्त्री दाहाल र अध्यक्ष नेपालबीच भेटवार्ता
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो।
काठमाडाैं, चैत १४ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको छलफलमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको हो।
प्रधानमन्त्री दाहालका प्रेसविज्ञ मनोहरि तिमिल्सिनाले सरकार विस्तारको विषयमा उहाँहरुबीच महत्वपूर्ण छलफल भएको हो ।
आज अपराह्न ४ बस्ने बस्न लागेको सत्तारुढ गठबन्धनको बैठक अघि उनीहरुबीच भेट भएको हो । छलफलमा नेकपा एसकासम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला पनि सहभागी थिए।
प्रकाशित मिति: १२:११ बजे, मंगलबार, चैत १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











