Kathmandu Press

मिटर ब्याज पीडितसँग वार्ता सरकारले बनायाे समिति, प्रधानमन्त्रीले आजै पीडितलाई भेट्ने

प्रधानमन्त्री पुष्पकलम दाहाललेका निर्देशनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता समिति गठन गरिएको हो।
मिटर ब्याज पीडितसँग वार्ता सरकारले बनायाे समिति, प्रधानमन्त्रीले आजै पीडितलाई भेट्ने

काठमाडाैं, चैत १४ : पैदल मार्चपास गरेर काठमाडौं आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितसँग वार्ता गर्न सरकारले समिति बनाएको छ।

प्रधानमन्त्री पुष्पकलम दाहाललेका निर्देशनमा प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र कानुन मन्त्रालयका प्रतिनिधि रहने गरी वार्ता समिति गठन गरिएको हो।

सरकारले गठन गरेको वार्ता समितिमा गृह मन्त्रालयका सहसचिव रुद्रादेवी शर्मा, गृह मन्त्रालयकै उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका उपसचिव उमाकान्त अधिकारी र कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव जंगबहादुर डङ्गा रहेका छन्।

चार सदस्यीय यो टोलीले मिटर ब्याज पीडितसँग भेट्ने र प्रधानमन्त्री दाहालसँग भेट्ने वातावरण बनाउने बताइएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसरा प्रधानमन्त्री दहालले पीडितसँग भेट्ने तयारी गरेका छन्।

आजै पीडितलाई भेट्न धर्नास्थल पुगेका गृहसचिव विनोदप्रकाश सिंहलाई पीडितहरुले प्रधानमन्त्रीलाई भेटाइदिन आग्रह गरेका थिए।

प्रकाशित मिति: ११:५४ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्