Kathmandu Press

गृहसचिवलाई मिटर ब्याज पीडितले भने– प्रधानमन्त्रीलाई पीडा सुनाउन चाहेका छौं, उहाँलाई भेटाउनुस्

पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ताका आफूहरु तयार हुने मिटरब्यमज पीडितले गृहसचिलाई बताएका थिए।
गृहसचिवलाई मिटर ब्याज पीडितले भने– प्रधानमन्त्रीलाई पीडा सुनाउन चाहेका छौं, उहाँलाई भेटाउनुस्

काठमाडाैं, चैत १४ : पैदल मार्चपास गरेर काठमाडौं आएका विभिन्न जिल्लाका मिटरब्याज पीडित अहिले टंगालमा धर्नामा बसिरहेका छन्। मंगलबार धर्नास्थल पुगेका गृहसचिव विनोदप्रकाश सिंहलाई पीडितहरुले प्रधानमन्त्रीलाई भेटाइदिन आग्रह गरे।

 ‘उहाँले कानुनी पहल भइरहेको भन्दै धर्ना छोड्न भन्नुभयो । हामीले हाम्रो पीडा प्रधानमन्त्रीलाई सुनाउने वातावरण बनाउन आग्रह गर्‍यौं, उहाँले यसका लागि पहल गर्ने भन्नु भएको छ,’ गृह सचिव सिंहसँगको कुराकानी संघर्ष समितिका संयोजक मनोज पासवानले सुनाए।

गृहसहिचले पीडितलाई न्याय दिलाउन सरकारले कानुनी पहल गरिरहेको बताएको पनि पासवानले बताए। पीडित माथि चलेका मुद्दा तत्काल यथास्थितिमै रोक्ने निर्णय गरे मात्रै वार्ताका आफूहरु तयार हुने मिटरब्यमज पीडितले गृहसचिलाई बताएका थिए।

अब धर्ना कार्यक्रम भद्रकाली र त्यसपछि नयाँ बानेश्वरमा संसद भवन अगाडि गर्ने तयारी उनीहरुको छ।

प्रकाशित मिति: ११:०७ बजे, मंगलबार, चैत १४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्