Kathmandu Press

‘एमाले विकास र लोकतन्त्रको पक्षमा छ’

एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत् प्रशिक्षण कार्यक्रममा ओलीले पार्टीमाथि चौतर्फी आक्रमण भएको दाबी गरे।
‘एमाले विकास र लोकतन्त्रको पक्षमा छ’

गुल्मी, चैत १३ : नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले आफ्नो पार्टी देशको विकास र लोकतन्त्रको पक्षमा रहेको स्पष्ट पारेका छन्।

एमाले गुल्मीको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत एमाले जिल्ला कमिटी गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको बृहत् प्रशिक्षण कार्यक्रममा ओलीले पार्टीमाथि चौतर्फी आक्रमण भएको दाबी गरे।

ओलीले पार्टी र संगठनलाई दरिलो बनाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले कार्यक्रकर्तालाई निरन्तर पार्टीको काममा खटिन निर्देशन र्दिए। उनले भन्नुभयो, ‘पार्टी निरन्तर चलायमान हुनुपर्छ, गलिशील बनाउनुपर्छ।’

एमाले पार्टीमा बिर्सेर पनि गैरएमाले प्रवृत्ति गर्ने र पार्टीलाई धमिलो बनाउने काम गर्न छुट नभएको अध्यक्ष ओलीले स्पष्ट पारे।

कार्यक्रमा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण बिष्ट लगायतका केन्द्रीय नेताहरूले ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई पूरा गर्न पनि एमाले राष्ट्रिय शक्ति बन्न आवश्यक रहेको औँल्याए।

प्रकाशित मिति: १९:५३ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्