पर्यटन विकासका दक्ष जनशक्ति उत्पादन आवश्यक : प्रधानमन्त्री
अहिले शैक्षिक संस्थाहरूलाई विद्यार्थी उत्पादन गर्ने थलोका रुपमा मात्र सीमित नभएको भन्दै उनले शैक्षिक संस्थाहरु नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच राख्न जनशक्ति उत्पादन गर्र्नेतर्फ लाग्नु पर्ने बताए ।
काठमाडौं, चैत १३ : प्रधानमन्त्री पुष्पकमल दाहालले पर्यटन क्षेत्रको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिको उत्पादन आवश्यक भएको बताएका छन्।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानको स्वर्ण जयन्तीका अवसरमा प्रधानमन्त्री दहालले देशको प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्दै पर्यटनको विकासका लागि उच्चस्तरको गुणस्तर भएका दक्ष जनशक्तिहरू देशका सबै क्षेत्रहरूमा विकास गर्नुपर्ने बताए।
अहिले शैक्षिक संस्थाहरूलाई विद्यार्थी उत्पादन गर्ने थलोका रुपमा मात्र सीमित नभएको भन्दै उनले शैक्षिक संस्थाहरु नयाँ ज्ञान र उद्योगलाई चाहिने नयाँ सोच राख्न जनशक्ति उत्पादन गर्र्नेतर्फ लाग्नु पर्ने बताए ।
प्रधानमन्त्री दाहालले विदेशी विद्यार्थीहरुलाई नेपालमा ल्याएर पढाउन देखिएका चुनौतिलाई समाधान गर्नका लागि आवश्यक छलफल गरी अघि बढ्न आवश्यक भएको बताए । उनले सबै स्थानीय सरकारसँग समन्वय गरी त्यहाँको पर्यटन विकासका लागि प्रतिष्ठानको विज्ञता प्रयोग गरी अगाडि बढ्न पनि निर्देशन दिए।