Kathmandu Press

रञ्जिता पनि मन्त्री बन्ने 

नागरिक उन्मुक्ति पार्टीनिकट स्रोतका अनुसार मन्त्रालय टुंगो नलागे पनि श्रेष्ठ मन्त्री बन्ने करिबकरिब निश्चित भएको हो।
रञ्जिता पनि मन्त्री बन्ने 

काठमाडौं, चैत १२ : नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएसँगै उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने गृहकार्य शुरु भएको छ। 

नागरिक उन्मुक्ति पार्टीनिकट स्रोतका अनुसार मन्त्रालय टुंगो नलागे पनि श्रेष्ठ मन्त्री बन्ने करिबकरिब निश्चित भएको हो। श्रेष्ठ आफै मन्त्री बन्न तयार छिन्। मन्त्रालयको टुंगो भने गठबन्धनको बैठक बसेर लगाउने समझदारी भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संभव भए मंगलबार वेलुकासम्म नभए बुधवार मन्त्रिमण्डल विस्तारको तयारी गरेका छन्। सुदूरपश्चिम सरकारलाई समर्थन गर्दै उन्मुक्ति पार्टी सत्ता गठबन्धनमा जोडिएको छ । उन्मुक्ति पार्टी निकट स्रोतका अनुसार संस्कृति पर्यटन मन्त्रालयमा श्रेष्ठको दाबी छ। 

सरकारमा सामेल भएसँगै उन्मुक्ति पार्टीका संरक्षक रेशम चोधरीको रिहाईसँगै आफ्ना माग सम्बोधन गर्न सहज हुने विश्वासमा उक्त पार्टी छ। श्रेष्ठ चौधरीकी श्रीमती हुन्।

नागरिक उन्मुक्तिलाई कुनै एउटा मन्त्रालय दिन प्रधानमन्त्री प्रचण्ड तयार भए पनि कुन मन्त्रालय भनेर निधो भइसकेको छैन। उक्त पार्टीले प्रधानमन्त्री प्रचण्डसँग मन्त्रीसँगै राज्य मन्त्रीको पनि माग राखेको छ।
 

प्रकाशित मिति: १८:१३ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्