Kathmandu Press

गायक सुगम थापा मगरको ‘बाटुली’ गीतकाे भिडियाे सार्वजनिक

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रेमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। 
गायक सुगम थापा मगरको ‘बाटुली’ गीतकाे भिडियाे सार्वजनिक

काठमाडौं चैत १३ : गायक तथा संगीतकार सुगम थापा मगरको आवाजमा बाटुली बोलको पप गीत सार्वजनिक भएको छ। 

गायक थापाकै शब्द, संगीतमा, स्वरमा र संगीत संयोजन समेत रहेको गीत बाटुलीले आफ्नो प्रेमीकालाई बाचा गरी लाहुरे बनेको प्रेमीको कथालाई प्रतिनिधित्व गरेको छ। 

गीतको भिडियोमा प्रहिल कार्कीको निर्देशनमा मोडल तथा हाँस्यकलाकार खबपु चन्चल मगर, निक्स शर्मा र आभा थापाको अभिनय रहेको छ।

उत्तम हुमागाईको छायांकन र माधव बेलबासेको सम्पादन रहेको सो गीतलाई रियल टाइम क्रियसन रेकर्डिङ स्टुडियोमा रर्कड गरिएको हो।

गायक थापा स्याङ्जामा जन्मिएका भएपनि हाल बेलायतमा बस्दै आएका छन्।

प्रकाशित मिति: १८:०२ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्