देखिन थाल्याे कोरोना, ६९ जनामा संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
काठमाडाैं, चैत १३ : नेपालका पछिल्लाे समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार थप ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
४ सय ८८ पिसिआर परीक्षणका क्रममा २५ जना र ७ सय ७८ एन्टीजेन परीक्षणका क्रममा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा कोरोनाका संक्रिय संक्रमित ६६ जना रहेको मन्त्रालयले जानकारी दिएको छ।
प्रकाशित मिति: १७:३१ बजे, सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











