Kathmandu Press

गृह मन्त्रालय जानेबारे साेधिएपछि नारायणकाजीले भने- प्रधानमन्त्रीको निर्देशनअनुसार चल्छु

आफ्नो प्रगति विवरण सुनाउन आज (सोमबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ‘गृह मन्त्रालय सम्हाल्न लाग्नुभएको हो?’ भनी गरिएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए।
गृह मन्त्रालय जानेबारे साेधिएपछि नारायणकाजीले भने- प्रधानमन्त्रीको निर्देशनअनुसार चल्छु

काठमाडौं, चैत १३ : उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो मन्त्रालय हेरफेर हुन सक्ने संकेत गरेका छन्।

आफ्नो प्रगति विवरण सुनाउन आज (सोमबार) मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ‘गृह मन्त्रालय सम्हाल्न लाग्नुभएको हो?’ भनी गरिएको प्रश्नको जवाफ दिँदै उनले आफ्नो चाहनामा नहुने भन्दै प्रधानमन्त्रीको निर्णय मान्ने बताए।

‘म पार्टीको सिफारिस, प्रधानमन्त्रीको निर्णय र निर्देशनअनुसार काम गर्छु। अहिले त्यसबारेमा कुनै निर्णय भएको छैन,’ उनले भने।

सरकार पुनर्गठनको गृहकार्य  भइरहेका बेला माओवादी केन्द्रले हाल सम्हालिरहेको मन्त्रालयको जिम्मेवारी हेरफेर हुने र नारायणकाजीले गृह लिने विषयमा चर्चा चलिरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रेष्ठलाई गृह मन्त्रालयमा ल्याउन चाहिरहेको बताइन्छ।

सरकारको काम प्रभावकारी बनाउन प्रधानमन्त्रीलाई के गर्दा उपयुक्त हुन्छ त्यही कुरा आफूले पालना गर्ने उनको भनाइ थियो। उनले छिटै मन्त्रिपरिषदले पूर्णता पाउने पनि बताए।

प्रकाशित मिति: १५:२५ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्