Kathmandu Press

‘जनताको जनवादका आधारहरु’ बजारमा

काठमाडौँ, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशामा आधारित गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवा....

‘जनताको जनवादका आधारहरु’ बजारमा

काठमाडौँ, माघ ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक कार्यदिशामा आधारित गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्वारा सम्पादित ‘जनताको जनवादका आधारहरु’ पुस्तक बजारमा आएको छ ।

इण्डिको इङ्क प्रकाशनले प्रकाशन गरेको पुस्तकमा जनताको जनवादका मुख्य आधार प्रस्तुत गरिएको छ । पुस्तकको पहिलो खण्डमा नेपाल कम्युनिष्ट पार्टीको पहिलो पर्चा, २०१५ सालको आम निर्वाचनमा नेकपाले सार्वजनिक गरेको चुनावी घोषणापत्र, २०१७ सालमा राजा महेन्द्रले पञ्चायती व्यवस्थाको घोषणा गरेपछि नेकपाले राष्ट्रका नाममा गरेको अपिल र पुष्पलालको लेख ‘मूलबाटो’का मूल अंश समावेश छन् । यसलाई नेकपाको एकीकृत अवस्थाको खण्डका रुपमा पुस्तकमा राखिएको छ । पुस्तकको दोस्रो खण्डमा तत्कालीन नेकपा (एमाले) का ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएका छन् ।

Hardik ivf

दोस्रो खण्डमा मुख्यतः जननेता मदन भण्डारीद्वारा प्रस्तुत एवं पारित ‘जनताको बहुदलीय जनवाद’सम्बन्धी दस्तावेजका मूल अंश समावेश छन् । पुस्तकमा २०४९ सालमा पारित जनताको बहुदलीय जनवादलाई प्रारम्भमा पार्टीको राजनीतिक कार्यक्रमका रुपमा स्वीकार गरिएको र तत्कालीन एमालेको छैटौँ महाधिवेशनले त्यसलाई राजनीतिक कार्यदिशाका रुपमा ग्रहण गरेको कुरालाई मुख्यरुपमा प्रस्तुत गरिएको छ । यसका साथै पुस्तकको दोस्रो खण्डमा जनताको बहुदलीय जनवादबारे तत्कालीन नेकपा (एमाले) ले सातौँ, आठौँ र नवौँ महाधिवेशनमा गरेको संस्लेषण र समीक्षालाई पनि प्रस्तुत गरिएको छ । पुस्तकको उक्त खण्डले तत्कालीन नेकपा (एमाले) को विचारधारात्मक विकासको शृङ्खला बुझ्न सजिलो हुनेछ ।

पुस्तकको तेस्रो खण्डमा तत्कालीन माओवादीका ऐतिहासिक दस्तावेजका मूल अंश समावेश गरिएको छ । पुस्तकमा माओवादबारे, नेपाली क्रान्तिका मित्र शक्ति, शत्रु र निशानाबारे माओवादीको निर्णय, माओवादीद्वारा प्रस्तुत ४० सूत्रीय मागपत्र, दोस्रो राष्ट्रिय सम्मेलनको प्रचण्डपथ सम्बन्धी निर्णय, एक्काइसौँ शताब्दीमा जनवादको विकाससम्बन्धी दस्तावेज लगायतका सामग्री समावेश गरिएका छन् ।  चुनवाङ बैठकको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको निर्णय, विस्तृत शान्ति सम्झौता, कामीडाँडा बैठकको पाँच कार्यनीतिसम्बन्धी निर्णय, खरिपाटी भेलाको नेपालमा एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने निर्णय, सातौँ महाधिवेशनको समाजवादी क्रान्तिको रणनीतिमा जाने निर्णय तेस्रो खण्डमै राखिएको छ ।

पुस्तकको तेस्रो खण्डले तत्कालीन माओवादीको विचारधारात्मक विचार र जनताको जनवादसम्म आइपुग्ने सैद्धान्तिक आधार प्रस्तुत गरेको छ । पुस्तकको चौथो खण्डमा एमाले र माओवादीबीच चुनावी गठबन्धनदेखि पार्टी एकता र त्यसपछि भएका मूलभूत निर्णय समावेश गरिएका छन् । यसै खण्डमा नेकपाको राजनीतिक प्रतिवेदनको सारसंक्षेप पनि समावेश गरिएको छ, त्यसले नेकपाले पछिल्लो समय लिएका वैचारिक, राजनीतिक एवं सङ्गठनात्मक निर्णयलाई बुझ्न मद्दत मिल्नेछ । 

प्रकाशित मिति: ०८:१७ बजे, मंगलबार, माघ ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्