Kathmandu Press

चार डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो।
चार डिआइजी एआइजीमा बढुवाका लागि सिफारिस

काठमाडाैं, चैत १३ : नेपाल प्रहरीका जनपद समूहतर्फका चार प्रहरी नायव महानिरीक्षक (डिआइजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ। 

गृह मन्त्रालयमा आज बसेको बढुवा समितिको बैठकले डिआइजीहरु सन्दीप भण्डारी, सुदीप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई बढुवाका लागि सिफारिस गरेको हो।

चार डिआइजीलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम ४ अनुसार बढुवाका लागि सिफारिस गरिएको बढुवा समितिका सदस्य सचिव एवम् प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

प्रकाशित मिति: १५:११ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्