Kathmandu Press

सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा सुनुवाइ स्थगित

सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि आज (सोमबार) का लागि तोकिएको सुनुवाइ स्थगित भएको हो।
सन्दीप लामिछानेविरुद्धकाे मुद्दामा सुनुवाइ स्थगित

काठमाडौं, चैत १३ : जबरजस्ती करणीकाे अभियाेग लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धकाे  मुद्दामा सुनुवाइ स्थगित भएको छ। सन्दीपका कानुन व्यवसायीले सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि आज (सोमबार) का लागि तोकिएको सुनुवाइ स्थगित भएको हो।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएको थियो। काठमाडौं जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएकामा सन्दीपलाई पाटन उच्च अदालतले ससर्त २० लाख रुपियाँ धरौटीमा छोडेको थियो।

बलात्कार गरेको आरोपमा सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्च अदालतले सदर गरेपछि लामिछाने खेलमा फर्किएका छन्।

अन्तरिम राहत माग गर्दै सन्दीपविरूद्ध दिइएको निवेदनमा अदालतले राहत दिनुनपर्ने गरी फैसला गरिएकाे थियो। न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो।

सन्दीपविरुद्ध नाबालिग बलात्कार गरेको अभियोग छ। सन्दीपले गत भदौ ५ को राति सिनामंगलस्थित एक होटलमा लगेर पटकपटक बलात्कार गरेको अभियोगपत्रमा उल्लेख छ। नाबालिगका तर्फबाट भदौ २१ मा प्रहरीमा जाहेरी परेको थियो।

प्रकाशित मिति: १४:४७ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्