Kathmandu Press

प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक जेल चलान

जेल चलान हुनेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का छन्।
प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने तीन युवक जेल चलान

काठमाडौं, चैत १३ : प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेको आरोपमा पक्राउ परेका तीन युवक तोकिएको धरौटी बुझाउन नसक्दा जेल चलान भएका छन्।

जेल चलान हुनेमा सोलुखुम्बुका २३ वर्षका उद्धव बस्नेत, बागलुङका ३० वर्षका सोम शर्मा र बझाङका १८ वर्षका विप्लव खड्का छन्। उनीहरूलाई केन्द्रीय कारागार पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले चैत १२ मा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए। चैत ७ गते नयाँ बानेश्वरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी कार्यक्रममा नाराबाजी गरेकाले उनीहरुलाई पक्राउ गरिएको थियो।

पक्राउ गरेर गाडीमा राख्ने क्रममा प्रहरीले उनीहरुको मुख थुनेको भिडियो सार्वजनिक भएपछि त्यसलाई लिएर चौतर्फी विरोध भएको थियो। त्यसबारे सदनमा समेत कुरा उठेको थियो।

प्रकाशित मिति: १४:३९ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्