Kathmandu Press

मातातीर्थ पुगेर सिके राउतले भेटे मिटरब्याज पीडित

पीडितहरूले अध्यक्ष राउतसँग मिटरब्याजका कारण आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै गुनासो गरे। न्याय नपाएसम्म घर नफर्किने उनीहरूले बताए।
मातातीर्थ पुगेर सिके राउतले भेटे मिटरब्याज पीडित

काठमाडौं, चैत १४ : महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका मिटरब्याज पीडितहरुलाई जनमत पार्टीका अध्यक्ष सिके राउतले भेटेका छन्। उनले आज (सोमबार) दिउँसो मातातीर्थ पुगेर पीडितहरूलाई भेटेका हुन्।

त्यसक्रममा उनले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाउनुपर्ने बताए। पीडितहरूले अध्यक्ष राउतसँग मिटरब्याजका कारण आफूहरुको घरजग्गा सबै गुम्ने अवस्था आएको भन्दै गुनासो गरे। न्याय नपाएसम्म घर नफर्किने उनीहरूले बताए।

राउतले मिटर ब्याज पीडितहरुको पक्षमा आफ्नो पार्टी जनमतले आन्दोलन गरेको बेला सरकारसँग सहमति भए पनि समस्या उस्तै रहेको बताए। यसबारे हामी सरकारसँग कुरा भइरहेको बताए। सरकारले समस्या समाधान नगरे आफ्नो पार्टी पनि आन्दोलनमा आउने उनले बताए।


महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाडौं आइपुगेका पीडितहरु मातातीर्थमा बसेका छन्। उनीहरूले आफ्ना माग सम्बोधन गराउन माइतीघरमा धर्ना दिने बताएका छन्।

प्रकाशित मिति: १४:२० बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्