मन्त्रिपरिषद् विस्तारका लागि दाहाल, देउवा र नेपालबीच छलफल
शीर्ष तीन दलका शीर्ष नेताबीच समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच छलफल छ।
काठमाडाैं, चैत १३ : मन्त्रिपरिषद् विस्तारलाई अन्तिम रुप दिन सत्तारुढ गठनन्धनका शीर्ष तीन दलका शीर्ष नेताबीच भेट भएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बिहान नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग प्रधानमन्त्री निवास बालुवाटरमा भेट गरेका हुन्।
समसामयिक राजनीतिक घटनाक्रम, मन्त्रिपरिषद बिस्तारलगायत विषयमा उनीहरूबीच आज बिहान छलफल भएको बताइएको छ।
सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताहरूले मंगलबार सत्ता गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सहमति भएकाे छ।
नेकपा एमाले र राप्रपाले समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएपछि गत चैत ६ गते प्रधानमन्त्री दाहालले दोस्रो पटक विश्वासको मत लिएका थिए।
प्रकाशित मिति: ११:४४ बजे, सोमबार, चैत १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











