आदर्शको राजनीति कांग्रेसले भुलेको प्रकाशमानको टिप्पणी
नेता सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको पनि बताए। २०४६अघि मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरु रहेको उलने बताए।
काठमाडाैं, चैत १३ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आदर्शको राजनीति भुल्दै गएको बताएका छन्। सोमबार पूर्वमन्त्री नवीन्द्रराज जोशीको शालिक अनावरण कार्यक्रममा उनले संस्थापक नेताहरुको जस्तो आदर्शको राजनीति कांग्रेसले भुल्दै गएको बताए।
नेता सिंहले २०४६ को जनआन्दोलनपछि आदर्श र मूल्य मान्यताको राजनीति संकटमा परेको पनि बताए। २०४६अघि मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरु रहेको उलने बताए।
‘२०४६ सालसम्म मूल्य मान्यता र आदर्शको रानजीतिमा बढी जोड दलहरुले दिएको हामीले पाएका छौं । तर २०४६ को परिवर्तनपछि, प्रतिबन्धित अवस्थाबाट पार्टी खुलामा आइसकेपछि पावर बेस्ड पोलिटिक्समा रुपान्तरण भएको छ,’ नेता सिंहले भने।
उनले कांग्रेसका संस्थापक नेताहरुले देखाएको बाटोमा ध्यान दिन नसकेको भन्दै त्यसमा सबैले मनन गर्दा राम्रो हुने उल्लेख गरे।
कार्यक्रममा नेता सिंहले संकटको अवस्थामा पनि नविन्द्रराज जोशीसँग मिलेर काठमाडौंमा संगठन विस्तार लगायतका काम गरेको स्मरण गरे ।











