Kathmandu Press

आजको मौसम : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 
आजको मौसम : पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 

काठमाडौं, चैत १३ : आज देशभरको मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम विज्ञान विभागले सोमबार दिउँसोसम्म देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहने जानकारी दिएको छ।

विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। 

आगामी चौबिस घन्टामा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ। 

प्रकाशित मिति: ०७:४२ बजे, सोमबार, चैत १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्