'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

काठमाडाैं, चैत १२ : द्वन्द्वपीडितहरूले 'जनयुद्ध दिवस' खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन।

सर्वोच्चका प्रवक्ता बिमल पौडेलका अनुसार 'जनयुद्ध दिवस' बारे रिट आएको छ।

सरकारले गत फागुन १ गते 'जनयुद्ध दिवस' का दिन सार्वजनिक बिदासमेत दिएको थियो।

मन्त्रिपरिषदले आगामी वर्ष पनि फागुन १ गते 'जनयुद्ध दिवस' मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ।

'जनयुद्ध दिवस' लाई उत्सवका रूपमा सरकारले मनाउन लागेको भन्दै आलोचनासमेत भएको थियो।

प्रकाशित मिति: १९:२१ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्