नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ

काठमाडाैं, चैत १२ : प्रहरीले नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ गरेकाे छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको हो ।
अपराध अनुसन्धान कार्यालय स्रोतका अनुसार पछिल्लो ३/४ वर्षमा उनीहरुले ८१ जनालाई विदेश पठाइसकेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थीको कागज बनाएर विदेश पठाउँदा २५ देखि ३० लाख रुपैयाँसम्म लिएको पाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।
प्रकाशित मिति: १८:४९ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार