Kathmandu Press

‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत

‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयक स्वीकृत

काठमाडाैं, चैत १२ : राष्ट्रियसभाको बैठकले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९’ विधेयकलाई सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको बैठकमा नेकपा (एकीकृत समाजवादी) का सांसद डा बेदुराम भुसालले ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए।

गैरसरकारी विधेकयकका रूपमा आएको उक्त विधेयकमाथि बैठकमा सैद्धान्तिक छलफल भई सर्वसम्मतिले स्वीकृत गरेको हो । राष्ट्रियसभाको अर्को बैठक यही चैत १६ गते बिहान ११ बजेर १ मिनेटमा बस्नेछ ।

प्रकाशित मिति: १७:३२ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्