Kathmandu Press

लुम्बिनी कांग्रेस संसदीय दलका नेता चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी

उनले आज (आइतबार) प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ सांसदको हस्ताक्षर बुझाएका छन्। उनलाई आफ्नै पार्टी कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपालगायत आठ दल र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।
लुम्बिनी कांग्रेस संसदीय दलका नेता चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी

काठमाडाैं, चैत १२ : लुम्बिनी प्रदेश नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

उनले आज (आइतबार) प्रदेश प्रमुख अमिक शेरचनलाई ५३ सांसदको हस्ताक्षर बुझाएका छन्। उनलाई आफ्नै पार्टी कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपालगायत आठ दल र एक स्वतन्त्र सांसदको समर्थन रहेको छ।

Hardik ivf

माओवादी केन्द्र सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएलगत्तै चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। माओवादी केन्द्रका जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी आजै मन्त्री पदबाट राजीनामा दिएका थिए।

८७ जना प्रदेश सांसदहरु रहेको लुम्बिनी प्रदेशमा कांग्रेसका २७ सांसद छन्। सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ। आवश्यकभन्दा बढी सदस्य रहेकाले कांग्रेसका डिल्ली चौधरी मुख्यमन्त्री बन्नेछन्। दाबी ग्रहण गर्दै प्रदेश प्रमुख शेरचनले संविधानअनुसार अघि बढ्ने बताएका छन्।

लुम्बिनीमा एमालेका लीला गिरी मुख्यमन्त्री छन्। माओवादी केन्द्र समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका छन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। उनले विश्वासको मत लिन नसके नयाँ सरकार गठन हुन्छ। 

lumbini-letter1679826374.jpg

प्रकाशित मिति: १६:०६ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्