Kathmandu Press

शून्य समयमा कसले के भने?

आइतबारको बैठकको शून्य समयमा बोल्दै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गरिन्।
शून्य समयमा कसले के भने?

काठमाडाैं, चैत १२ : प्रतिनिधिसभाको बैठकमा विभिन्न माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आइतबारको बैठकको शून्य समयमा बोल्दै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद निशा डाँगीले प्रतिनिधिसभा नियमावली कहिले पारित हुन्छ र संसदीय समिति कहिले गठन हुन्छ भनी प्रश्न गरिन्। साथै उनले प्रधानमन्त्री एक्लैले १६ मन्त्रालयको जिम्मेवारी सम्हालेको अवस्थामा जनचासोका विषय कसरी प्रभावकारी रुपमा सम्बोधन होला भन्ने बताइन्। 

Hardik ivf

सांसद डाँगीले झापाको भद्रपुर अस्पतालमा कतिपय कर्मचारीको दरबन्दी रिक्त रहेकाले र जनताले सेवा पाउन कठिनाइ भएको बताउँदै प्रभावकारी सेवा प्रदान गर्नका लागि उचित व्यवस्था गर्न माग गरिन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले मुलुकमा आवश्यक रोजगारीका अवसर नहुँदा कामको खोजीमा लाखौँ युवा विदेशिन बाध्य भएको बताउँदै रोजगारीका लागि विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह गरे।

जनता समाजवादी पार्टी नेपालका सांसद नवलकिशोर साह सुडीले मुलुकको ठुलो जनसङ्ख्या कृषि पेशामा आबद्ध रहे पनि राज्यबाट उचित राहत पाउन नसक्दा र समयमै मल र बिउ पाउन नसक्दा अर्बौंको खाद्यान्न आयात गर्नुपर्ने अवस्था रहेको बताए। साथै उनले लाखौँ नेपाली नागरिकताबाट बञ्चित हुनुपरेको अवस्थामा नागरिकतासम्बन्धी विधेयक छिटो ल्याउन आग्रह गरे। 

नेकपा एकीकृत समाजवादीका सांसद भानुभक्त जोशीले बझाङमा भूकम्पबाट स्थानीयको घरमा भएको क्षतिका सम्बन्धमा हालसम्म क्षतिपूर्ति पाउन नसकेकाबारे सरकारको ध्यानाकर्षण गराए। साथै उनले बेमौसमी वर्षाले भएको धनजनको क्षतिका सम्बन्धमा जनताले हालसम्म पनि उचित क्षतिपूर्ति पाउन नसकेको बताउँदै तत्काल माग सुनुवाइका लागि आग्रह गरे।
 
जनमत पार्टीका सांसद डा चन्द्रकान्त राउतले संविधानमा राष्ट्रपति र उपराष्ट्रपतिमध्ये एक जना महिला हुनुपर्ने भावना रहे पनि उपराष्ट्रिपतिको निर्वाचनमा महिलाको प्रतिनिधित्व हुन नसकेको गुनासो गरे।
बैठकको विशेष समयमा नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जिता श्रेष्ठले राज्यका निकायको काम गर्ने शैली हेर्दा माग राखेरै आफ्नो सांसदको कार्यकाल सकिने हो कि भनी चिन्ता व्यक्त गरे। 

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सीमामा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न खुला सिमानालाई व्यवस्थित गर्न माग गरे। नेकपा एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरले  कालापानी, लिपुलेक, लिम्पियाधुरामा किन जनगणना नभएको  भन्दै संसदमा प्रश्न गरे। कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भूमिहीन र अव्यवस्थित बसोबास गर्नेहरुको समस्या समाधान गर्नु पर्ने बताए। 

प्रकाशित मिति: १५:४७ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्