Kathmandu Press

काेसी नामकरणविरूद्धकाे आन्दोलनमा निधन भएका लिम्बूलाई सहिद घोषणा गर्न माग

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन्।
काेसी नामकरणविरूद्धकाे आन्दोलनमा निधन भएका लिम्बूलाई सहिद घोषणा गर्न माग

काठमाडाैं, चैत १२ : प्रतिनिधिसभाको बैठकमा नेकपा (माओवादी केन्द्र) की सांसद दुर्गा राईले कोसी प्रदेश नामकरण विरोध गर्ने प्रदर्शनकारीसँग वार्ता र संवाद गरी समस्याको समाधान गर्न माग गरेकी छन्।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा उनले सो आन्दोलनका क्रममा घाइते भई निधन भएका लाजेहाङ लिम्बू (पदम लिम्बू) को सम्बन्धमा सरकारको ध्यानाकर्षण गराइन्।

उनले स्व. लिम्बूलाई सहिद घोषणा गर्न र निजका परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत माग गरिन्। यो राजनीतिक विषय भएकाले सबै राजनीतिक दलको चासोको विषय हुनुपर्ने सांसद राईको भनाइ थियो।
 
प्रकाशित मिति: १५:४१ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्