Kathmandu Press

राष्ट्रपतिको निर्वाचन क्षेत्र तनहुँ-१ मा गाेविन्द भट्टराई कांग्रेस उम्मेदवार  

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका छन्। हिजो शनिबार साँझ बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि तनहुँ-१ मा भट्टराईलाई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनाउन सहमति जुटेको थियो। 
राष्ट्रपतिको निर्वाचन क्षेत्र तनहुँ-१ मा गाेविन्द भट्टराई कांग्रेस उम्मेदवार  

काठमाडौं, चैत १२ : राष्ट्रपति रामचन्द्र पौडेलले चुनाव जितेको तनहुँ क्षेत्र नम्वर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई चुनाव लड्ने भएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भट्टराईलाई निर्वाचनको तयारीमा जुट्न निर्देशन गरिसकेका छन्। हिजो शनिबार साँझ बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा पनि तनहुँ-१ मा भट्टराईलाई नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनाउन सहमति जुटेको थियो। 

Hardik ivf

नेपाली कांग्रेसभित्र भट्टराई अवसर नपाउने त्यागी नेताका रुपमा परिचित छन्। नेपाल विद्यार्थी संघको अध्यक्ष र नेपाल तरुण दलका उपाध्यक्ष भइसकेका भट्टराईले अहिलेसम्म चुनाव लड्ने अवसर पाएका थिएनन्। उनी २०४८ सालदेखि नेपाली कांग्रेसको लगातार महाधिवेशन प्रतिनिधि हुदै आएका छन्। त्यसका साथै उनी लगातार तीन पटक नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत निर्वाचित भएका छन्। 

कांग्रेस सभापति देउवाले चुनाव जितेर आउनू भन्दै भट्टराईलाई शुभकामना समेत दिएका छन्। त्यसका साथै राष्ट्रपति रामचन्द्र पौडेलले पनि आफ्नो निर्वाचन क्षेत्रमा भट्टराईलाई उम्मेदबार बनाउन सिफारिस गरेका छन्। 

स्रोतका अनुसार भट्टराई तनहुँ-१ मा सत्तारुढ गठबन्धनका साँझ उम्मेदवार हुने भएका छन्। निर्वाचन आयोगले प्रतिनिधि सभाका ३ रिक्त स्थानमा वैशाख १० गते उपनिर्वाचन गर्ने मिति तोकेको छ। तनहुँ- मा रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि उनले राजिनामा दिएकाले त्यहा उपचुनाव हुँदैछ।

त्यसैगरी चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद सर्वोच्चका फैसलाले खारेज भएका उपचुनाव हुन लागेको हो। त्यस्तै उपराष्ट्रपति निर्वाचित राम सहायक प्रसाद यादवको निर्वाचन क्षेत्र बारा-२ मा पनि वैशाख १० गते नै उपचुनाव हुदैछ।

प्रकाशित मिति: १५:१० बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्