Kathmandu Press

राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्।
राष्ट्रियसभाद्वारा सरकारलाई रुलिङ

काठमाडाैं, चैत १२ : राष्ट्रियसभाको आजको बैठकले नेपाल सरकारका नाममा रुलिङ गरेको छ।

बैठकको सुरुमै राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु हुने निर्धारण समयभित्रै नेपाल सरकारका मन्त्रीहरुलाई बैठकमा अनिवार्य उपस्थित भइसक्न रुलिङ गरेका हुन्।
 
राष्ट्रियसभाको आजको बैठक दिउँसो १ बजेर १ मिनेटमा बोलाइए पनि सरकारका कुनै पनि मन्त्रीको उपस्थिति नभएपछि बैठक आधा घण्टा ढिला गरी सुरु हुन पुगेको थियो।

प्रकाशित मिति: १४:२८ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्