Kathmandu Press

लालपुर्जा वितरण प्रक्रियालाई चाँडो सम्पन्न गर्न सरकारलाई विश्वप्रकाश शर्माकाे आग्रह

कतिपय ठाउँमा लालपुर्जा वितरण सूरू गरिसकिएको अवस्था रहे पनि गरिब जनताले चर्को कर तिर्न नसक्ने कुरालाई सरकाले हेक्का राख्नुपर्ने उनको भनाइ थियो।
लालपुर्जा वितरण प्रक्रियालाई चाँडो सम्पन्न गर्न सरकारलाई विश्वप्रकाश शर्माकाे आग्रह

काठमाडौं, चैत १२ : कांग्रेस महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लालपुर्जा वितरण प्रक्रियालाई चाँडो सम्पन्न गर्न सरकारलाई आग्रह गरेका छन्। 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकको शून्य समयमा बोल्दै उनले देशभरका लालपुर्जाविहीन नागरिकले लालपुर्जा कहिले आउँछ भनेर सोधिरहेको अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्। 

Hardik ivf

कतिपय ठाउँमा लालपुर्जा वितरण सूरू गरिसकिएको अवस्था रहे पनि गरिब जनताले चर्को कर तिर्न नसक्ने कुरालाई सरकाले हेक्का राख्नुपर्ने उनको भनाइ थियो।

लालपुर्जा वितरण गर्दा चार विषयलाई ध्यान दिन उनले सरकारलाई सुझाए।

नापी नभएको ठाउँमा अविलम्ब नापी सुरू गरिहाल्नुपर्ने, जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइनुपर्ने, कर समायोजनसँगै लालपुर्जा वितरण अघि बढाइनुपर्ने र अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गर्नुपर्ने सुझाव उनले दिए। 

प्रकाशित मिति: १४:२३ बजे, आइतबार, चैत १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्