४५ प्रतिशत कमिसनका कारण सीमाकाे प्रहरी प्रशासन विचलित छ : प्रभु साह
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले मलखाद दिन नसकिरहेका बेला भारतबाट ल्याउनेहरू मल समातिने गरेको र त्यसबापतको राजस्व सूचना दिनेले १५ प्रतिशत र समातेर बुझाउनेले ३० प्रतिशत लुट्ने गरेको बताए।
काठमाडौं, चैत १२ : सांसद प्रभु साहले ४५ प्रतिशत कमिसन दिने नियमावलीका कारण सीमा क्षेत्रमा लुट मच्चिएको र जनजीवन अस्तव्यस्त बनेको बताएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले सरकारले मलखाद दिन नसकिरहेका बेला भारतबाट ल्याउनेहरू मल समातिने गरेको र त्यसबापतको राजस्व सूचना दिनेले १५ प्रतिशत र समातेर बुझाउनेले ३० प्रतिशत लुट्ने गरेको बताए। यसबाट प्रहरी प्रशासनलाई विचलित बनाउने काम गरेको उनले बताए।
ठुलो भ्रष्ट नीतिका कारण १० वर्ष यता १० पटक नियमावली संशोधन भएको उनले बताए।‘नेपाल सरकारले मलखाद दिन सकिरहेको छैन। किसानले धेरै मुस्किलले भारतबाट ल्याउँछन् तर समातिन्छन्। राजस्व संकलन भइरहेको जस्तो लागे पनि राजस्व जम्मा हुने भन्दा पनि कानुनको आडमा लुट भइरहेको छ। राजस्वको ४५ प्रतिशत लुटिरहेका छन्,’ उनले भने।
प्रकाशित मिति: १४:०४ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्