Kathmandu Press

पहिचान माग्नेको हत्या शृंखला नरोकिनु निन्दनीय : अशोक राई

कोसी प्रदेश नामकरणविरुछ पहिचान पक्षधरहरुले गरेको आन्दोलनका घाइते भएका पदमबहादुर लिम्बूको चेत १० गते मृत्यु भएको थियो।
पहिचान माग्नेको हत्या शृंखला नरोकिनु निन्दनीय : अशोक राई

काठमाडौं, चैत १२ : जनता समाजवादी पार्टी (जसपा) का नेता अशोक राईले पहिचान माग्नेको हत्या शृंखला नरोकिनु निन्दनीय भएको बताएका छन्।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले संविधान जारी गर्ने बेलामा मधेसमा पहिचानको अधिकार माग्ने ५९ जनाको हत्या भएको स्मरण गर्दै उनले गणतन्त्र र संघीय व्यवस्था आइसक्दा पनि हालै कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा हत्या शृंखला कायम रहनु दुखद भएको बताएका हुन्।

Hardik ivf

‘हामीले लोकतान्त्रिक परिपाटी संघीयता गणतन्त्र स्थापित गरेका छौं। तर यही गणतन्त्र, लोकतन्त्र र संघीयताभित्र पहिचान माग्ने आन्दोलनकारीको ज्यान लिने शृंखलाको कडी थपिन गएको छ,’ उनले भने, ‘यो निन्दनीय छ।’

कोसी प्रदेश नामकरणविरुछ पहिचान पक्षधरहरुले गरेको आन्दोलनका घाइते भएका पदमबहादुर लिम्बूको चेत १० गते मृत्यु भएको थियो।

प्रकाशित मिति: १३:४५ बजे, आइतबार, चैत १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्