Kathmandu Press

लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

लुम्बिनीमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री थिए।
लुम्बिनी प्रदेश सरकारबाट बाहिरियाे माओवादी

काठमाडौं, चैत १२ : लुम्बिनी प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।

माओवादी केन्द्रबाट मन्त्री बनेका तीनै जनाले आज (आइतबार) मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन्। माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ।

Hardik ivf

लुम्बिनीमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी मन्त्री थिए।

एमाले नेतृत्वको सरकारमा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी थिए।

माओवादी केन्द्र समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री गिरी अल्पमतमा परेका  छन्। संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

केन्द्रमा गठबन्धन टुटेसँगै लुम्बिनीमा पनि सरकार परिवर्तन खेल सुरु भएको छ।

प्रकाशित मिति: १३:१९ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्