सभामुखको निर्वाचन १२ गते, भोली उम्मेदबारी दर्ता
काठमाडौं, माघ ६ : सोमबार बसेको प्रतिनिधिसभाको बैठकले माघ १२ गते रित्त सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रतिनिध....
काठमाडौं, माघ ६ : सोमबार बसेको प्रतिनिधिसभाको बैठकले माघ १२ गते रित्त सभामुखको निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा जेष्ठ सदस्य महन्थ ठाकुरको अध्यक्षतामा बसेको बैठकले १२ गते सभामुखको निर्वाचन तोकेको हो।
सभामुखको उम्मेदवारी दर्ताको समय भने भोलि मंगलबार बिहान ११ बजेदेखि २ बजेसम्म तोकिएको छ ।
बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। त्यसयता सभमुख पद रिक्त रहेको छ।
सभामुख चयन गर्न पुस ४ गते नै अधिवेशन बोलाइएको थियो। तर, नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा संसद बैठक सूचना टाँसेर स्थगित हुँदै आएको थियो।
आइतबार नेकपाले सभामुखमा अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने कांग्रेसले पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।




