उपनिर्वाचन लडेर संसदमा आउनेबारे निर्णय गरिसकेको छैन : उपेन्द्र यादव
उनले सत्ता गठबन्धनका नेता र बाराका नेताकार्यकर्ताले उक्त क्षेत्रबाट चुनाव लड्न भनिरहे पनि आफूले केही निर्णय गरिनसेकेको बताएका हुन्।
धनगढी, चैत १२ : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले उपनिर्वाचन लडेर पुनः संसदमा आउने विषयमा कुनै निर्णय गरिनसकेको बताएक छन्।
पार्टीले धनगढीमा आज (आइतबार) आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सत्ता गठबन्धनका नेता र बाराका नेताकार्यकर्ताले उक्त क्षेत्रबाट चुनाव लड्न भनिरहे पनि आफूले केही निर्णय गरिनसेकेको बताएका हुन्।
‘बाराका साथीहरू यहाँ आएर चुनाव लड्नुपर्छ भनेर जोड दिइरहनुभएको छ। पार्टी र गठबन्धनका नेता पनि संसदमा आउन उचित हुन्छ भन्नुहुन्छ,’ उनले भने, ‘तर यसबारे गठबन्धन र पार्टीले कुनै निर्णय गरेको छैन। मैले पनि केही सोचिसकेको छैन।’
तनहुँ, बारा र चितवनका एकएकवटा गरी तीन क्षेत्रमा उपनिर्वाचन हुँदैछ। रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि खाली भएको बारा २ मा जसपा अध्यक्ष उपेन्द्र यादवले चुनाव लड्ने व्यापक चर्चा छ। लागे पनि आफ्नो बारेमा बाराका विषयमा बढी चर्चा भइरहेको बताए ।
गत मंसिरमा सम्पन्न निर्वाचनमा सप्तरी २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित अध्यक्ष यादव यादव संसद छिर्नबाट वञ्चित भएका थिए।
माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी (नेकपा एस) र जसपाबीचको एकताका लागि कम्युनिस्ट पार्टी बनाउने वा समाजवादी भन्ने कुरामा अड्किएको जानकारी पनि दिए। ‘नेकपा छाडेर समाजवादी केन्द्र बनाउने भए अघि बढौं भन्ने कुरा राखेका छौं, उहाँहरू नेकपा छाडेर एकीकृत समाजवादी लिएर अघि बढ्नुभयो भने एकता सम्भव छ,’ उनले भने।
यादवले सरकारले केही दिनभित्रै पूर्णता पाउने बताए ।