दर्ज्यानी चिन्ह लगाउँदै कुँवरले भने– नराम्रा पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार हुँदैन
महानिरीक्षक कुँवरले समाजमा देखिने राम्रा, नराम्रा, खराब र असल अनेक पात्रबाट नेपाल प्रहरी पनि मुक्त नरहेको बताउँदै प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही नभएको बताए।
काठमाडाैं, चैत १२ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक वसन्त कुँवरलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। बुधबार गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले कँुवरलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।
कुँवरलाई गत शुक्रबार मन्त्रिपरिषद्ले महानिरीक्षकमा नियुक्त गरेको थियो।
दर्ज्यानी चिन्ह लगाएपछि कुँवरले प्रहरीमा सुधार गर्न आवश्यक रहेको बताउँदै पूर्वाग्रहको भावना नराखी निष्पक्ष रूपमा काम गर्ने उल्लेख गरे।
महानिरीक्षक कुँवरले समाजमा देखिने राम्रा, नराम्रा, खराब र असल अनेक पात्रबाट नेपाल प्रहरी पनि मुक्त नरहेको बताउँदै प्रहरी कस्तो छ भनेर लुकाउनुपर्ने केही नभएको बताए। उनले नराम्रा पक्ष लुकाएर र दबाएर प्रहरीमा सुधार नहुने बताए।
प्रहरीमा सुधार गर्न दिन गनेर बस्ने छुट आफूलाई नभएको बताए । उनले संविधानले मार्ग निर्देशित गरेको काम र मानव अधिकारको प्रत्याभूति हुने गरी काम गर्ने बताए।