दलहरुसँग छलफलमा सभामुख
छलफल संसद भवनको शंकर हलमा छलफल जारी छ। छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भएका छन् ।
काठमाडौं, चैत १२ : संसदमा रहेका विभिन्न दलहरुसँग सभामुख सभामुख देवराज घिमिरेले छलफल गरिरहेका छन्।
छलफल संसद भवनको शंकर हलमा छलफल जारी छ। छलफलमा दलका प्रमुख सचेतक, सचेतकहरू, संसदका महासचिव र सचिहरू सहभागी भएका छन् ।
प्रतिनिधिसभा नियमावलीका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ। प्रतिनिधि सभा नियमावली २०७९ को मस्यौदा प्रतिवेदन संसदमा विचाराधीन छ।
प्रतिनिधि सभा नियमावलीमा संशोधन प्रस्ताव राख्दै सत्तारुढ दलका सांसदहरुले प्रतिनिधि सभाको बैठक राख्ने र एजेण्डा तय गर्ने लगायतका विषयमा सभामुखको एकल अधिकार नरहने व्यवस्थाको पक्षामा छन्।
सभामुख मनमौजी हुन सक्ने भन्दै सभामुखले विगतमा प्रयोग गर्दै आएको अधिकारलाई प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको क्षेत्राधिकारभित्र ल्याउने सत्तारुढ दलका सांसदहरुको प्रस्ताव छ।
प्रकाशित मिति: ११:४५ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार