Kathmandu Press

एमाले उपाध्यक्ष पौडेल भन्छन्– सत्ता गठबन्धनले तमासा गरिरहेको छ

उनले प्रधानमन्त्री पुष्पकमल दहालले विश्वासको मत पाएको लामो समय बितेपनि मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरेको बताए।
एमाले उपाध्यक्ष पौडेल भन्छन्– सत्ता गठबन्धनले तमासा गरिरहेको छ

सुर्खेत, चैत १२ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले वर्तमान सत्ता गठबन्धनले तमासा गरिरहेको बताएका छन्।

एमालेले चलाइरहेको ग्रासरुट अभियानका लागि आइतबार सुर्खेत पुगेका उनले प्रधानमन्त्री पुष्पकमल दहालले विश्वासको मत पाएको लामो समय बितेपनि मन्त्रिमण्डल विस्तार नगरेर तमासा गरेको बताए।

Hardik ivf

पौडेलले अहिलेको घटनाक्रमले देश अस्थिरतातिर जाने निश्चित रहेको उल्लेख गरे। उनले गठबन्धनबाट देशको भविष्य नबन्ने पनि बताए। उनले भने, ‘मुलुक ठुलो आर्थिक संकटमा छ, तर सरकारको त्यतातिर ध्यान छैन। गठबन्धनको सरकारबाट केही आश गर्न सकिदैन्।’

 

प्रकाशित मिति: ११:१६ बजे, आइतबार, चैत १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्