Kathmandu Press

‘गंगूबाई काठियावाडी’ मा आलिया भट्ट

काठमाडौं, माघ ७ : संजय लिला भन्सालीको बायोपिक फिल्म ‘गंगूबाई काठियावाडी’ मा आलिया भट्ट देखिने भएकी छिन् । एस हुसौन जैदी र जेन बो....

‘गंगूबाई काठियावाडी’ मा आलिया भट्ट

काठमाडौं, माघ ७ : संजय लिला भन्सालीको बायोपिक फिल्म ‘गंगूबाई काठियावाडी’ मा आलिया भट्ट देखिने भएकी छिन् । एस हुसौन जैदी र जेन बोर्गेसले लेखेको ‘माफिया क्विन्स अफ मुम्बई’ नामक किताबको आधारमा उक्त सिनेमा बन्न लागेको हो। 

यस सिनेमाले सन् १९६० को दशकमा मुबईंको कमाठीपुरामा एउटा ‘वेश्यालय’ चलाउने गंगूवाईको जीवनीलाई प्रस्तुत गर्नेछ । सिनेमामा कसरी एउटा सम्भ्रान्त परिवारकी पढालेखा युवती वेश्यावृत्तिमा लाग्छिन् र देहव्यापारका लागि बदनाम ठाउँ कमाठीपूरामा शासन गर्छिन् भन्ने कथाको आधारमा छ। 

Hardik ivf

गंगूबाईको असली नाम गंगा हरजीवनदास काठियावाडी हो। उनी गुजरातको काठियावाडमा जनमिएकी थिइन्। यहिं हुर्केकी उनको पढाइलेखाइ त्यही भयो ।  सम्पन्न परिवारकी गंगाको आफ्नै घरमा काम गर्ने एकाउन्टेन्ट रमणीलालसँग माया बस्यो। उनको सम्पन्न परिवार भने वकालत पेशासँग जोडिएको थियो। उनीहरुको सम्बन्धलाई परिवारले नमानेपछि उनी रमणीलालसँग १६ वर्षको उमेरमा भागिन्। प्रेमीको विश्वासमा माइतीघर छाडेर मुम्बई आएकी गंगालाई आखिरमा रमणीलालले ५०० रुपैयाँमा कमाठीपुराको  वेश्यालयमा बेचिदिन्छ।

यसरी बेचिएपछि उनीसँग परिवारमा फर्किने बाटो बन्द हुन्छ र उनी बाध्यताले शरिर बेच्ने पेशामा होमिन पुग्छिन् । स्वइच्छाले विवाह बन्धनमा बाँधिएकी एक महिलाको जीवनमा घटेको एउटा घटनाले उनलाई बलशाली ’गंगुबाई’ मात्र बनाउँदैन, कमाठीपुरामा आफ्नो अधिपत्य जमाउन सक्ने हकदार बनेर निस्किन्छिन्।  

कमाठीपूरामा उनको प्रभाव यतिसम्म हुन्छ कि उनले कमाठीपुराको स्थानिय चुनाव नै जित्छिन्। उनको नाममा जोडिएको काठियावाडीले उनको उक्त ठाउँमा भएको वर्चस्वलाई प्रतिधित्व गर्छ।

सन् १९६० र ७० को दशकमा कमाठीपुरामा उनी चर्चित बनिन्। शरिर बेच्ने महिलाका लागि उनको छवि आमा सरह थियो। उनले सो समयमा वेश्यालय चलाउने अन्य ‘म्याडम’हरुको प्रभुत्वलाई खत्तम गरिदिन्।
 

प्रकाशित मिति: १७:३१ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्