पहाडी भू–भागमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौं, चैत १२ : देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोसी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
प्रकाशित मिति: ०७:५८ बजे, आइतबार, चैत १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार