Kathmandu Press

‘विदेशीको इसारामा देश र जनताका लागि काम गर्नुपर्छ’

‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ । तर, अहिले त्यस्तो भइरहेको छैन।’
‘विदेशीको इसारामा देश र जनताका लागि काम गर्नुपर्छ’

काठमाडौं, चैत ११ : नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले देश र जनताका लागि काम गर्नुपर्ने बताएका छन्।

एमालेले चलाइरहेको ुमिसन ग्रासरुटु अभियानलाई कपिलवस्तुमा सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले देश र जनताका लागि काम गर्नुपर्ने भएपनि अहिले त्यस्तो नभएको बताए।

‘विदेशीका लागि, विदेशीको इसारामा काम गर्ने होइन । देश र जनताका लागि काम गर्नुपर्छ,’ अध्यक्ष ओलीले भने, ‘तर, अहिले त्यस्तो भइरहेको छैन।’ उनले आफू प्रधानमन्त्री भएका बेला असाधारण काम भएको दाबी पनि गरे।

ओलीले वर्तमान १० दलीय गठबन्धन सरकार देश निमिट्यान्न पार्ने गरी काम गर्न लागि परेको आरोप लगाए । उनले भने, ‘पुतलीको एउटा चरण हुन्छ, लार्भा त्यसपछि झुसीलकिरा । त्यसले त रुखका पात मात्र निमिट्यान्न पार्छ । दशतिर फर्किएका गठबन्धनका १० वटा मुख छन् । त्यसैले यीनीहरुले त देश नै निमिट्यान्न पार्न उद्यत छन।’


गत निर्वाचन एमालेका लागि अस्तित्वको लडाइँ रहेको तर, लोकप्रिय मत हासिल गरेर पहिलो पार्टी भएको दाबी पनि ओलीले गरे। अब आगामी निर्वाचनमा एमालेले तीन तहकै सरकारमा ५१ प्रतिशत मत हासिल गर्न ‘मिसन ग्रासरुट’ अभियान चलाइएको उनले बताए।

प्रकाशित मिति: २०:४६ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्