ए डिभिजन लिग : मनाङलाई आयल निगमको साथ
काठमाडौं, माघ ६ : शहीद स्मारक ए डिभिजन लिगको सार्वधिक सफल क्लब तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलई नेपाल आयल निगमले मुख्य प्रायोजन गरेको ....
काठमाडौं, माघ ६ : शहीद स्मारक ए डिभिजन लिगको सार्वधिक सफल क्लब तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबलई नेपाल आयल निगमले मुख्य प्रायोजन गरेको छ ।
सोमबार आयोजित एक कार्यक्रममा नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल र मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले सम्झौता पत्रमा हस्ताक्षर गरे । निगमले मनाङलाई १ वर्षका लागि प्रयोजन गरेको हो । त्यसवापत निगमले मनाङलाई ३५ लाख रुपैयाँ उपलब्ध गराउने छ । यो मनाङको अहिलेसम्मै ठूलो प्रायोजन हो ।
अब मनाङको जर्सीमा निगमको लोगो र नाम हुने छ । मनाङले थ्रीस्टारविरुद्धको खेलबाट नै निगमकाृ नाम र लोगो अंकीत जर्सी लगाउन थालेको थियो ।
हस्ताक्षरपछि बोल्दै निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले नेपाली फुटबलको विकासका लागि सानो हिस्सा बन्न पाउँदा खुसी लागेको बताए । साथै उनले अब नेपाली फुबटलमा निगमले योगदान गर्ने प्रतिबद्धता पनि जनाए । कार्यकारी निर्देशक पोडेलले नेपाली फुटबलकै सफल क्लब मनाङसँग जोडिन पाउँदा निगम परिवार खुसी भएको बताए ।
यसैगरी मनाङका अध्यक्ष छिमी उर्गेन गुरुङले सम्झौतापछि क्लबले नयाँ जीवन पाएको प्रतिक्रिय दिए । उनले निगमको लगानी खेर नजाने पनि बताए ।
जारी ए डिभिजन लिगमा पनि मनाङ उपाधि होडमै छ । लिगको ७ औं चरण चलिरहादा मनाङ त्रिभुवन आर्मी क्लब र मच्छिन्द्रसँग गोलअन्तरम पछि पर्दै तेस्रो स्थानमा छ । तीनै क्लबको समान १३ अंक छ ।




