सुदूरपश्चिमलाई हराउँदै मनाङले जित्यो तिलोत्तमा गोल्डकप उपाधि
शनिबार एन्फा टेक्निकल सेन्टर बुटबलमा भएको फाइनलमा सुदूरपश्चिम–११लाई सडन डेथमा ८–७ले हराउँदै मनाङ च्याम्पियन बनेको हो।
काठमाडाैं, चैत ११ : २२औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि ए डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबले जितेको छ। शनिबार एन्फा टेक्निकल सेन्टर बुटबलमा भएको फाइनलमा सुदूरपश्चिम–११लाई सडन डेथमा ८–७ले हराउँदै मनाङ च्याम्पियन बनेको हो।
निर्धारित समयको खेल १–१को गोलको बराबरीमा सकिएपछि खेल ट्राइब्रेकरमा गएको थियो । ट्राइब्रेकरमा मनाङका कोफी तिमोथे, विशन गुरुङ, आशिष गुरुङ, जियान शेख, विजय श्रेष्ठ, जीवन गुरुङ, सरोज गुरुङ र अनिल गुरुङले गोल गरेका थिए। अजित गुरुङको प्रहार बाहिरिएकोृ थियो।
यता, सुदूरपश्चिमका ओमप्काश चौधरी, विष्णु चौधरी, आयुष श्रेष्ठ, सौम्य हार्दिक, माइकल शाही, मुकुल सिंह र माधव भण्डारी गोल गर्दा दीपेन्द्र मलासेको प्रहार आकासिएको थियो भने फागुराम थारुको प्रहार मनाङका गोलकपिर जियान शेखले रोकेका थिए ।
त्यसअघि ६०औं मिनेटमा मनाङले तिमोथेको गोलमा सुरुआती अग्रता लियो। ७०औं मिनेटमा फागुराम थारुले गोल गर्दै खेललाई १–१को बराबरीमा ल्याएका थिए।
जितसँगै मनाङले ११ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्दा सुदूरपश्चिमले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेको छ।










-ink-1740145376.jpeg)
