Kathmandu Press

सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादी निर्णय 

बैठकमा संसद्लाई सुचारु गर्ने विषयमा कसरी जाने भनेर समेत छलफल भएको जनाइएको छ।
सोमबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने माओवादी निर्णय 

काठमाडौं, चैत ११ : नेकपा माओवादी केन्द्रले सोमबार सम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने निर्णय गरेको छ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार दिउँसो बसेको पदाधिकारी बैठकले उक्त निर्णय गरेको हो। बैठकमा संसद्लाई सुचारु गर्ने विषयमा कसरी जाने भनेर समेत छलफल भएको जनाइएको छ।

गठबन्धनलाई साथमा लिएर जनसरोकारका विषयहरु ध्यान दिने विषयमा पदाधिकारीले आवाज उठाएका थिए। यस्तै प्रदेशका सरकारलाई संघीय सरकारको नीति तथा कार्यक्रमसँग जोडेर गतिशील बनाउने गरी अघि बढ्ने विषयमा पनि छलफल भएको थियो । 

बैठकमा माओवादी नेताहरुले पार्टी र सरकारका कामकारबाहीलाई जोडेर अघि बढाउने विषयमा समेत माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्रीले सबै दलसंग छलफल गरेको र आइतबार गठबन्धन बैठकमा मन्त्रीहरुको नाम प्रस्ताव हुने माओवादी सचिव देवेन्द्र पौडेलले जानकारी दिए।

बैठकमा संसदलाई प्रभावकारी बनाउने, संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुंग्याउन अन्य दलहरुसँग छलफल गर्ने निर्णय पनि भएको उनले बताए।

त्यस्तै बैठकमा सरकारलाई पार्टीसंग जाड्ने गरि जनसरोकारका बिषयलाई सम्बोधन गर्ने र प्रदेशको सरकारहरुपनि आलोपालो अनुसार तथा बजेट, नीति तथा कार्यक्रममा संघसंग जोड्नेगरि गतिशिल बनाएर अघि बढ्ने निर्णय भएको पौडेलले बताए। 

 

प्रकाशित मिति: १८:१८ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्