समाजभित्र गणतन्त्रको संस्कृति छिर्न सकेको छैन : मन्त्री किराती
शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने विमोचन गर्दै मन्त्री किरातीले मुलुकमा शासन गर्ने पात्र फेरिए पनि वास्तविक रुपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताएका हुन्।
काठमाडौं, चैत ११ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले समाजभित्र गणतन्त्रको संस्कृति छिर्न नसकेको अनुभव भएको बताएका छन्।
शनिबार काठमाडौंमा आँचल कुसुम अधिकारीद्वारा रचित कविता संग्रह मन पग्लिएछ भने विमोचन गर्दै मन्त्री किरातीले मुलुकमा शासन गर्ने पात्र फेरिए पनि वास्तविक रुपमा गणतन्त्र समाजको जरासम्म विस्तार गर्न नसकेको अनुभव भएको बताएका हुन्।
त्यस्तै उनले देशमा आर्थिक विकास गरेर रोजगारी सिर्जना गर्नुपर्ने भएपनि सपनामा स्वदेशको बिउ रोप्न नसके मुलुकको बिकासको सपना साकार हुन नसक्ने बताए। रोजगारको अभाव मात्रै बिदेसिनुको कारण नभएको भन्दै मन्त्री किरातीले देशमा स्वदेशी सपना नभएर पनि युवाहरुमा बाहिर जाने इच्छा बढेको देखिएको धारणा राखे।
उनले मुलुकको विद्यमान पाठ्क्रममा पनि स्वदेशी सपनासहितको विषयवस्तुलाई प्राथमिकता दिनुपर्ने जिकिर गरे।

-ink-1740145376.jpeg)