Kathmandu Press

सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट कांग्रेसलाई छैन : धनराज गुरुङ

इतिहासमा कांग्रेसलाई नालायक बन्न निदने प्रण गरेर योजना र दृष्टिकोण पनिका साथ अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे। राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उनको भनाइ थियो।
सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट कांग्रेसलाई छैन : धनराज गुरुङ

हेटौंडा, चैत ११ : कांग्रेस उपसभापति धनराज गुरुङले सरकारमा गएपछि काम गर्न सकिएन भन्ने छुट अरुलाई भए पनि कांग्रेसलाई नभएको बताएका छन्।

हेटौंडामा आज (शनिबार) आयोजित नेपाल शिक्षक संघ वाग्मती प्रदेश कार्यसमितिको दोस्रो अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुकलाई त्यो अप्ठ्यारो स्थितिबाट मुक्त गर्न कांग्रेसको सक्रियता खाँचो रहेको बताए।

मुलुक ठुलो आर्थिक संकटको डिलमा उभिएको बताउँदै उनले भने, ‘मुलुकले भोगिरहेको चरम आर्थिक संकटबाट बाहिर निकाल्न सकेनौं भने हामी नालायक ठहरिनेछौं। नालायकहरुले देश चलाइरहनुपर्छ, सिंहदरबारमा गइरहनुपर्छ भन्ने मलाई लाग्दैन।

इतिहासमा कांग्रेसलाई नालायक बन्न निदने प्रण गरेर योजना र दृष्टिकोण पनिका साथ अघि बढ्नुपर्ने धारणा उनले व्यक्त गरे। राजनीतिक तरलता छ भनेर कांग्रेसलाई छुट नहुने उनको भनाइ थियो।

१० राजनीतिक दललाई नेतृत्व गरेर पाँच वर्षसम्म स्थायी सरकार चलाउने हिम्मत कांग्रेसले राखेको उनले बताए। मुलुकमा आर्थिक समस्या भइरहेका बेला विदेशबाट आयात गरिएका खादा, मालालगायत सामग्री प्रयोग नगर्न पनि उनले सुझाए।

कार्यक्रममा माला लाउन समेत नमानेका उनले भने,  ‘बाहिरबाट आएका माला, खादा लगाउँदिन भन्ने प्रतिबद्धता गर्नुस्। आर्थिक संकट छ। मोचन गर्नु छ। फजुल खर्च गर्नुहुँदैन। त्यो ज्ञान मैले तपाईंहरुबाट पाउनुपर्छ।’ संकटपूर्ण आथिएक अवस्थालाई इंगित गर्दै उनले थपे, ‘केही समयपछि शिक्षक साथीहरुले तलब पाउनुहुन्छ कि पाउनुहुन्न मलाई थाहा छैन। जस्तोसुकै परिस्थितिमा पनि गुरुहरूले व्यवहाररुपी ज्ञान दिनुपर्छ।’ 

उनले राम्रो भएको सामुदायिक विद्यालयलाई पछ्याउने काम गर्न शिक्षकहरुलाई आग्रह गरे। हरेक पालिकाले नमुना विद्यालय बनाउनुपर्नेमा जोड दिँदै उनले उदाहरण दिए, ‘ठ्याक्कै नाम लिनुपर्दा बुढानिलकण्ठ स्कुलजस्तो। त्यहाँ ३३ प्रतिशतले निःशुल्क पढ्छन्, ६७ प्रतिशतले सशुल्क। सशुल्क कसले पढिरहेको छ, निःशुल्क कसले पढिरहेको छ थाहासमेत हुँदैन।’

संघीय शिक्षा ऐन छिटोभन्दा छिटो ल्याउन पहल गर्ने प्रतिबद्धता पनि उनलेजनाए। नले पाठ्यक्रमबाट नैतिक शिक्षा हटाउँदा मुलुक भ्रष्टाचारतिर गइरहेको भन्दै चिन्ता व्यक्त गरे।

प्रकाशित मिति: १५:१८ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्