Kathmandu Press

सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउनु आवश्यक : प्रधानमन्त्री

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक-आर्थिक चुनौतीहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पबद्ध रहेको बताए।
सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउनु आवश्यक : प्रधानमन्त्री

काठमाडौं, चैत ११ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक क्षेत्रमा क्रियाशील सामाजिक संस्थाहरूलाई दूरदराजमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौँमा लायन्स क्लब डिष्ट्रिक्ट ३२५ जेको महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले परिवर्तनप्रति अभिरुचि राख्ने, सामाजिक रूपान्तरणको आन्दोलनमा योगदान पुर्‍याउन सक्ने विपन्न, सीमान्तकृत, महिला, दलित, जनजाति, मधेशी लगायत सबै वर्ग र समुदायका युवासम्म पुगेर उनीको नेतृत्व विकास गर्ने नीति र कार्यक्रमको आवश्यकता रहेको बताए।

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार राज्य, निजी क्षेत्र, सामाजिक संस्था र नागरिक आन्दोलनको सहकार्यका आधारमा देशमा विद्यमान राजनीतिक-आर्थिक चुनौतीहरु छिचोल्दै सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्य हासिल गर्न संकल्पवद्ध रहेको बताए।

उनले तेस्रो कार्यकालका रूपमा आफुलाई चुनौतीपूर्ण अवसर प्राप्त भएको भन्दै अहिलको कार्यकालमा बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न तत्पर रहेको धारणा राखे।

उनले राष्ट्रिय सहमति र सहकार्यका आधारमा चुनौतीहरूलाई अवसरमा बदल्ने प्रतिवद्धता व्यक्त गरे। 

प्रकाशित मिति: १५:०५ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्