Kathmandu Press

विदेशबाट फर्किएका युवालाई परिचालन गरेर मुलुकमा आर्थिक सुधार ल्याउन सकिन्छ : ओली

स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए।
विदेशबाट फर्किएका युवालाई परिचालन गरेर मुलुकमा आर्थिक सुधार ल्याउन सकिन्छ : ओली

काठमाडौं, चैत ११ : एमाले अध्यक्ष केपी ओलीले विदेशबाट फर्किएका युवाहरुलाई सहि रुपमा परिचालन गर्न सके मुलुकको आर्थिक अवस्था सुधार हुने बताएका छन्।

शनिबार काठमाडौंमा रिटर्नी फेडेरेशन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै ओलीले बिभिन्न समस्याले विदेशिन बाध्य भएका युवाहरुलाई नेपाल फर्किपछि सहज रुपमा उत्पादन लगाएतका क्षेत्रमा परिचालन गर्न सकने मुलुकको आर्थिक अवस्थाका साथै स्थानीय समस्या पनि समाधान हुने बताएका हुन्।

स्वदेश फर्किएका नागरिकले देश बिदेशमा हासिल गरेका अनुभवहरुलाई स्वदेशमा नै परिपक्व ढंगले सदुपयोग गर्नुपर्ने उनले बताए।

ओलीले नेपालमा साम्प्रदायिकताको ठाउँ नरहेको र यसको नारा लगाएर समस्याको समाधान नहुने भन्दै मुलुकका सबै ठाउँमा एकताबद्ध भएर सामूहिक ढंगले समस्या बुझ्दै अघि बढ्न रिटर्नी फेडेरेशनलाई सुझाव दिए।

दुई दिनसम्म चल्ने एमाले निकट विदेशबाट फर्किएका नेपालीहरुको सङ्गगठन रिटर्नी फेडेरेन नेपालको राष्ट्रिय महाधिवेशनले नेतृत्व चयन गर्ने बताइएको छ। 

प्रकाशित मिति: १४:५९ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्