Kathmandu Press

आर्थिक समस्या समधान गर्न सरकार सकारात्मक हस्तक्षेप गरेर अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

शनिबार ललितपुरमा ललितपुर चेम्वर अफ कमर्शको तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिएकाले सरकारले सकारात्मक हस्तक्षेप गरेर समस्या समाधान गर्ने बताए।
आर्थिक समस्या समधान गर्न सरकार सकारात्मक हस्तक्षेप गरेर अघि बढ्छ : उपप्रधानमन्त्री श्रेष्ठ

ललितपुर, चैत ११ : उपप्रधान, भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा देखिएका आर्थिक समस्या समधान गर्न सकारात्मक हस्तक्षेप गरेर अघि बढ्ने बताएका छन्।

शनिबार ललितपुरमा ललितपुर चेम्वर अफ कमर्शको तेस्रो वार्षिक साधारणसभा उद्घाटन गर्दै श्रेष्ठले अर्थतन्त्रमा गम्भीर प्रकृतिको समस्या देखिएकाले सरकारले सकारात्मक हस्तक्षेप गरेर समस्या समाधान गर्ने बताए।

सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने लक्ष्यमा सरकार अघि बढिरहेको उनले बताए। उहाले अव एकदुई दिनभित्रै मन्त्रिपरिषद् बिस्तारले पूर्णता पाउने र अर्थतन्त्रको समस्यामा बिषयमा सरोकारवालासंग परामर्श गरेर प्रभावकारी कदम चालने जिकिर गरे।

श्रेष्ठले मुलुकको अर्थतन्त्रलाई अघि बढाउन नीजि क्षेत्रसंगको सहकार्यलाई सरकारले प्राथमिकतामा नै राखेको जिकिर गरे। कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १४:२१ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्