Kathmandu Press

मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न सम्झौतापत्रमा हस्ताक्षर

पानी वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र सूर्यविनायक नगरपालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मेलम्चीको पानी सूर्यविनायकमा वितरण गर्न सम्झौतापत्रमा हस्ताक्षर

भक्तपुर, चैत ११ : मेलम्चीको पानी भक्तपुरको सूर्यविनायक क्षेत्रमा पनि वितरण हुने भएको छ।

त्यसका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) र सूर्यविनायक नगरपालिबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सूर्यविनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभाव छ। उक्त अभावलाई कम गर्न वडा १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्यांकीबाट पानी वितरण गर्नेगरी सहमति पत्रमा हस्ताक्षर भएको हो।

नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो।

प्रकाशित मिति: १४:०० बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्