Kathmandu Press

जोन्टी रोड्स ‘गली बोय’को फ्यान बेनपछि...

काठमाडौं, माघ ६ : अन्तर्राष्ट्रिय क्रिकेटमा परिरिचत नाम हो, जोन्टी रोड्स। ‘फिल्डिङ किङ’का रुपमा परिचत दक्षिण अफ्रिका पूर्वक्रिकेटर जोन्टी ....

जोन्टी रोड्स ‘गली बोय’को फ्यान बेनपछि...

काठमाडौं, माघ ६ : अन्तर्राष्ट्रिय क्रिकेटमा परिरिचत नाम हो, जोन्टी रोड्स। ‘फिल्डिङ किङ’का रुपमा परिचत दक्षिण अफ्रिका पूर्वक्रिकेटर जोन्टी अझ नेपाल र भारतमा चर्चित छन्।

गतवर्ष नेपाल आएका जोन्टीले नेपाली युव खेलाडीका लागि कीर्तिपुरमा ‘फिल्डिङ क्याम्प’ चलाएका थिए भने धनगढी प्रिमियर लिगको सद्भावना दूत बनेका थिए। उनले आईपीएलका अघिल्ला सिजनमा मुम्बई इन्डियन्समा फिल्डिङ कोचमा रुपमा काम गरेका थिए भने यस पटक किंग्स इलाभेन पञ्जाबमा आबद्ध भएका छन्।

Hardik ivf

उनै जोन्टी यस वर्ष प्रदर्शनमा आएको बलिउड फिल्म ‘गली बोइ’को फ्यान बनेका छन्। बलिउड अभिनेता रणवीर सिंह, आलिया भट्ट, सिद्धान्त चतुर्वेदी स्टारर फिल्म ‘गली बोइ’ आफूलाई मन परेको बताएका छन्। उनले ट्वीटरमा फिल्मको तारिफ गरेका छन्।

उनले ट्वीटरमा लेखेका छन्, ‘जब अघिल्लो वर्ष सिद्धान्त चुतर्वेदीसँग भेट भयो, त्यतिवेलादेखि नै गली बोइको गीत सुनिरहेको थिए। भर्खरै भारत आउने क्रममा फ्लाइटमा फिल्म हेरेँ। फिल्मको सबटाइटल थियो, फिल्म हेर्दै म रोएँ र हाँसे पनि। त्यसबेला मेरा रौं पनि डाटा भए।’

जोन्टीले सन् १९९२ देखि सन् २००३ सम्म दक्षिण अफ्रिकाका लागि क्रिकेट खेलेका थिए। उनले दक्षिण अफ्रिकाका लागि ५२ टेस्ट र २४५ एकदिवसीय खेल खेलेका छन्।

रोड्सले सन् २००० मा टेस्ट र सन् २००३ को विश्वकपका क्रममा घाइते भएपछि एकदिवसीय क्रिकेटबाट बिदा लिएका थिए।

 

प्रकाशित मिति: १४:२८ बजे, सोमबार, माघ ६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्