धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु
आज (शनिबार) बिहान पौने ४ बजे मिथिला नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
धनुषा, चैत ११ : धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्व जाँदै गरेको ना६ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रक आज (शनिबार) बिहान पौने ४ बजे मिथिला नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्गमा ठोक्किँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
मृत्यु हुनेमा ना६ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरी इनरवा बस्ने २८ वर्षीय सागर चौधरी, सहचालक धरान उपमहानगरपालिका–६ बस्ने ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १–०२–००१ ख ९२९२ नम्बरको ट्रकका सहचालक मोरङ बेलवारी–८ बस्ने ४४ वर्षीय लोकमान थापा रहेको प्रहरीले जनाएको छ।
घाइते भएका अर्का चालक सर्लाहीको वाग्मती नगरपालिका–११ बस्ने २० वर्षीय नारायण श्रेष्ठको ढल्केवर अस्पतालमा उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाइएको छ।










-ink-1740145376.jpeg)
