Kathmandu Press

कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाइने

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो। 
कोसी प्रदेश नामकरणविरुद्धको आन्दोलनमा मृत्यु भएको घटनाबारे छानबिन गर्न समिति बनाइने

काठमाडौं, चैत ११ : कोसी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानविन समिति गठन गर्ने निर्णय गरेको हो। 

छलफलमा कोसी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।

चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ।

कोसी प्रदेश नामकरणविरूद्ध यही चैत ५ गते विराटनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट ४२ वर्षीय पदमबहादुर लिम्बुको मृत्यु भएको थियो।

meeting1679727287.jpg

प्रकाशित मिति: १२:३२ बजे, शनिबार, चैत ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्