Kathmandu Press

भुषाललाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको तयारी

काठमाडौं, माघ ६ : कांग्रेसले प्रतिनिधिसभा सभामुखका लागि सांसद पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

कांग्रेस स्रोतका अनुसार, कांग्....

भुषाललाई सभामुखको उम्मेदवार बनाउने कांग्रेसको तयारी

काठमाडौं, माघ ६ : कांग्रेसले प्रतिनिधिसभा सभामुखका लागि सांसद पुष्पा भुषाललाई उम्मेदवार बनाउने तयारी गरेको छ।

कांग्रेस स्रोतका अनुसार, कांग्रेस संसदीय दलले यससम्बन्धी आजै निर्णय गर्नेछ। संसद्मा सभामुख चयनको प्रक्रिया सुरू भएपछि कांग्रेस संसदीय दलको बैठकले उम्मेदवार चयन गर्ने तयारी गरिएको जनाएको छ।

भुषाल केन्द्रीय सदस्य हुन्। अहिले प्रतिनिसभामा कांग्रेस संसदीय दलको सचेतक पनि हुन्।

यस अघि उपसभामुख भुषालले शिवमाया तुम्बाहाङफेसँग प्रतिनिस्पर्धा गरेकी थिइन्।

नेकपाले अग्नी सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ।

बलात्कारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले असोज १४ गते राजीनामा दिएका थिए। महरा अहिले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा छन्।

त्यसयता सभामुख पद रिक्त रहेको छ।

प्रकाशित मिति: ०२:३४ बजे, सोमबार, माघ ६, २०७६